नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

May 24, 2022

१० जेठ २०७९
 
नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबिच अनुसन्धान, ज्ञान व्यवस्थापन तथा प्रकाशन/प्रसारणका क्षेत्रमा दुई संस्थाबिचको सहकार्यलाई संस्थागत गर्न २०७९/०२/१० का दिन एक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ l उक्त समझदारी पत्र अन्तर्गत स्वास्थ्यसम्बन्धी विविध विषयमा संयुक्त नीति अनुसन्धान, प्रकाशन र प्रसारणका अतिरिक्त निम्न क्षेत्रमा सहकार्य गर्न दुबै संस्थाहरू सहमत भएका छन् l
 
१. जनस्वास्थ्य अवस्था सुधारका लागि प्रमाणमा आधारित ज्ञान सामग्री निर्माण र तदनुसारको नीति सिफारिस गर्न
२. नीति अनुसन्धानसम्बन्धी तालिम, गोष्ठीलगायतका कार्यक्रमहरूको सह-उत्पादन र सञ्चालन गर्न
३. स्वास्थ्य सम्बन्धी मुद्दा या विषयहरूमा नीति संवादको आयोजना गर्न
४. दुबै संस्थाहरूबिच उपलब्ध विज्ञता र अन्य स्रोत-सामग्रीहरूको आदानप्रदान,  परिचालन र उपयोग गर्न
 
उपरोक्त कार्यक्रमहरूको आयोजना र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको परिचालन आपसी समझदारीका आधारमा गरिने छ, समझदारी पत्रमा भनिएको छ l
 
उक्त समझदारी पत्रमा नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तर्फबाट कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले हस्ताक्षर गर्नु भएको थियो l सो अवसरमा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा हरि शर्मा नेउपाने, परिषद्का अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाललगायत दुबै संस्थाका अनुसन्धाताहरूको उपस्थिति रहेको थियो l