गृह प्रशासनको सेवाप्रतिको जनसन्तुष्टि र नीति सुधारसम्बन्धी अनुसन्धान परियोजना

July 19, 2020

०४ साउन २०७७
प्रतिष्ठान र नेपाल ल क्याम्पसले गृह मन्त्रालयको अनुरोधमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले दिने सेवाप्रतिको जनसन्तुष्टि अध्ययन गर्ने परियोजना कार्यान्वयन गर्न सम्झौता सम्पन्न भै अध्ययन चलिरहेको छ । यस अध्ययनले सेवाप्रवाहमा सहयोग र अवरोध गर्ने कारक तत्वसमेत विश्लेषण गर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत गृह मन्त्रालयको अनुरोधमा हुन लागेको अध्ययन परियोजनाका अपेक्षित परिणामहरूमा (क) नागरिकले पाउने सेवाको गुणस्तरीयता र सुधारको क्षेत्रबारेमा विश्लेषण गर्नु र ख) उक्त निकायहरूका संस्थागत र व्यावहारिक समस्या पहिचान गरी सेवाहप्रवाहलाई थप प्रभावकारी र सक्षम बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपाय सिफारिश गर्नु प्रमुख हुन् । यस अनुसन्धानबाट प्राप्त हुने सिफारिश राज्य र नागरिकबीचको सम्बन्धलाई अभिवृद्धि गर्न महत्वपूर्ण हुनेछ भने सार्वजनिक सेवाप्रवाहको गुणस्तरमा पनि यसले योगदान दिनेछ ।
यो अनुसन्धान परियोजनाको सहमतिपत्रमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती र नेपाल ल क्याम्पसका प्रमुख डा. डी. एन. पराजुलीबाट हस्ताक्षर भएकोछ ।