वातावरण संरक्षण (पहिलो संशोधन) नियमावली, २०८१ को मस्यौदामा सुझाव दिनको लागि नीति संवादको आयोजना।

August 25, 2024

२०८१ भदौ ९

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

वन तथा वातावरण मन्त्रालयले अनुरोध गरे बमोजिम मन्त्रालयले तयार गरेको वातावरण संरक्षण (पहिलो संशोधन) नियमावली, २०८१ को मस्यौदामा सुझाव दिनको लागि नीति अनुसन्धान प्रतिष्ठानले विषय विज्ञ र सरोकारवाला सहभागितामा एक नीति संवाद कार्यक्रमको आयोजना गर्‍यो।

वातावरण संरक्षण नियमावली, २०७७ मा तोकिएका विकास तथा निर्माण परियोजनाहरूले गर्नुपर्ने सङ्क्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव अध्ययनको सन्दर्भमा विद्यमान प्रावधानमा संशोधन र थप गर्न प्रदेश र स्थानीय सरकारको भूमिका, सार्वजनिक सुनुवाइमा समावेशिता, विषयविज्ञबाट स्वघोषणा, पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको ढाँचा, स्वअनुगमनको ढाँचा, आवधिक आन्तरिक परीक्षण, परीक्षण र प्रभाव मूल्याङ्कनमा वन्यजन्तुमैत्री पूर्वाधार, सामाजिक रूपले जोखिमयुक्त समुदायको सुरक्षा र विपद् व्यवस्थापन योजना, सरकारी सहमति र दर्ताका शुल्कहरू र कार्बन व्यापारका आधारभूत शर्तहरू थपिएको संशोधित मस्यौदामा वातावरण कानूनविद, विषयविज्ञ र निजी क्षेत्रका प्रतिनिधिले छलफल गरी सुझावहरू प्रस्तुत गरे।

वातावरण संरक्षण सम्बन्धी कानूनको परिमार्जन ऐनबाट नै शुरू गर्नुपर्ने, वातावरणलाई वनमा सीमित नराखी वातावरणका सम्पूर्ण आयामहरूमा विस्तार गर्नुपर्ने, जलवायु परिवर्तनलाई छुट्टै कानूनद्वारा सम्बोधन गर्नुपर्ने, झन्झट न्यूनीकरण गर्नुपर्ने, नियामक निकायलाई उत्तरदायी बनाउनुपर्ने, कार्बन ट्रेडलाई अन्तरराष्ट्रिय सन्धि अनुसार निजी क्षेत्रको लागि खुला र राज्यको समन्वयकारी भूमिकामा सीमित राख्नुपर्ने लगायतका विषयहरूमा सूक्ष्म सुझावहरू दिएका थिए। नीति अनुसन्धान प्रतिष्ठानले यी सुझावहरू संश्लेषण गरी मन्त्रालयलाई बुझाउने छ।

उपस्थिति

आमन्त्रित अतिथिहरू:
अनिल केसी (अध्यक्ष, नेपाल वातावरण समाज)
उमेश राज रिमाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
ए. डी. लामा (वरिष्ठ उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ)
डा चिरञ्जीवी भट्टराई (वरिष्ठ अनुसन्धान फेलो, नेपाल पानी सदुपयोग फाउन्डेशन)
डा धरम राज उप्रेती (जलवायु विषय प्रमुख, प्राक्टिकल एक्शन)
डा विनोद भट्ट (अतिथि प्राध्यापक, कृषि तथा वन विश्वविद्यालय)
निरञ्जन श्रेष्ठ (प्रमुख वातावरण अधिकृत, वातावरण सेवा नेपाल)
पदम श्रेष्ठ (अध्यक्ष, वातावरण कानून समाज)
पुरुषोत्तम घिमिरे (वरिष्ठ सल्लाहकार, एस.पी.आइ. नेपाल)
प्रा डा राम प्रसाद चौधरी (इमेरिटस प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
बटुकृष्ण उप्रेती (पूर्व सहसचिव तथा वातावरण प्रभाव अध्ययन विज्ञ)
मोहन दास मानन्धर (अध्यक्ष, एस.पी.आइ. नेपाल)
राजु चौहान (उपप्राध्यापक, पाटन क्याम्पस)
शंकर बस्याल (कार्यकारी सदस्य, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल)
सृजन पन्त (सदस्य, पायोनियर ल एसोसियटस्)
सनोत अधिकारी (अध्यक्ष, यूथ अलाइन्स फर इन्भाइरोन्मेन्ट)
सुभाष कुमार शर्मा (वन अधिकृत, वन तथा वातावरण मन्त्रालय)
सुरज श्रेष्ठ (अनुसन्धानकर्ता, वातावरण कानून समाज)

नीति अनुसन्धान प्रतिष्ठान:
प्रा डा लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
डा हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
डा मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
रीजा मानन्धर (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
डेमिज महर्जन (इन्टर्न)
ज्योती लुइँटेल (इन्टर्न)
प्राञ्जल रिजाल (इन्टर्न)
सन्जोग सिंह कडायत (इन्टर्न)
सोनिया बस्याल (इन्टर्न)

यस कार्यक्रमका फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नु होला