
नेपालका सार्वजनिक संस्थाहरूमा ज्ञान हस्तान्तरणको संस्कृति विषयक नीति संवाद सम्पन्न
२०८१ असार ५
नीति अनुसन्धान प्रतिष्ठान
नेपालका सार्वजनिक संस्थाहरूमा कर्मचारीबिच ज्ञान, सिप, विचार तथा अनुभवहरूको आदानप्रदान र हस्तान्तरणको संस्कृति कस्तो अवस्थामा होला? यसलाई नियमन गर्ने नीति नियम र संरचना के छ? कर्मचारीहरूले ज्ञान हस्तान्तरणमा आफ्नो र अर्काको योगदानलाई कसरी मूल्याङ्कन गर्दछन्? ज्ञान हस्तान्तरणमा उत्प्रेरित गर्ने र निरुत्साहित गर्ने कारक तत्त्वहरू के के हुन्? ज्ञान हस्तान्तरणको फाइदालाई कसरी बुझिन्छ? कर्मचारीबिच ज्ञान हस्तान्तरणको असल संस्कृति स्थापना गर्न के नीतिगत सुधारहरू आवश्यक छन्? यी प्रश्नहरूको उत्तर खोजी गर्न नीति अनुसन्धान प्रतिष्ठानले कर्मचारी सर्वेक्षण सहित गरिरहेको एक अध्ययनको सिलसिलामा विज्ञ राय र पृष्ठपोषण लिन एक सार्वजनिक नीति संवादको आयोजना गरियो ।
यस संवादमा उच्चपदस्थ कर्मचारीहरू, प्राज्ञहरू र पेशाकर्मीहरू गरी २५ जना विज्ञ सहभागी भएका थिए । कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । त्यसपछि प्रतिष्ठानका सह-अनुसन्धानकर्ता र अध्ययनकर्ता डा मनिता कुसीले अनुसन्धानको परिचयात्मक र कर्मचारी सर्वेक्षणको केही प्रारम्भिक नतिजासहितको एक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । सो प्रस्तुति पछि सहभागीहरू छलफलमा सहभागी हुनुभएको थियो ।
छलफलमा सहभागीहरूले सार्वजनिक संस्थामा ज्ञान व्यवस्थापनको अवधारणा र अभ्यास; ज्ञान प्राप्ति, सङ्ग्रह र हस्तान्तरणमा रहेका समस्याहरू; ज्ञान हस्तान्तरण र वितरणका वर्तमान अभ्यासहरू र यसलाई सुदृढीकरण गर्ने संरचना, स्रोत र नीति उपकरणहरू आदि विषयमा सैद्धान्तिक र अनुभवजन्य राय र सुझावहरू बाँड्नुभएको थियो । छलफललाई प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता र अध्ययनका सुपरिवेक्षक डा दीपक कुमार खड्काले सहजीकरण गर्नुभएको थियो । संवादको समापन गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्षले सहभागीहरूको गरिमामय उपस्थिति र गहन विचारहरूको सराहना गर्दै यी विचारहरूले अध्ययनमा प्राप्त तथ्याङ्कहरूको विश्लेषणको लागि उदीयमान बौद्धिक खाका उपलब्ध गरेको र ज्ञानको विविधताको मिहिन बुझाइको साथमा यस अध्ययनले सार्वजनिक संस्थामा ज्ञान हस्तान्तरणको संवर्द्धन गर्न राम्रा नीति सिफारिसहरू सिर्जना गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उपस्थिति
आमन्त्रित अतिथि:
केशव प्रसाद दहाल (प्रवक्ता/ सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
गोपी नाथ मैनाली (पूर्व सचिव, नेपाल सरकार)
चन्द्र कला पौडेल (प्रवक्ता/ सहसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय)
डा अर्जुन कुमार क्षेष्ठ (सह-प्राध्यापक, काठमाडौँ विश्वविद्यालय)
डा प्रकाश बुढाथोकी (प्रवक्ता/ सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
डा प्रद्युम्न राज पाण्डे (वरिष्ठ कृषि विज्ञ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
डा मीना अधिकारी (अनुसन्धानकर्ता, निर्वाण कलेज)
तुलराज सुनुवार (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
दशरथ मिश्र (प्रमुख, नेपाल राष्ट्रिय पुस्तकालय)
दामोदर वाग्ले (उपसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
निष्णु थिङ (अनुसन्धानकर्ता, नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)
पुण्य माया गुरागाईँ (रजिष्ट्रार, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
प्रा डा महानन्द चालिसे (प्राध्यापक, स्कूल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय)
बसन्त प्रसाद कोइराला (उप निर्देशक, शिक्षा र मानव संसाधन विकास केन्द्र)
बिमला भुसाल (शाखा अधिकृत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय)
मनोज कुमार आचार्य (प्रवक्ता/ सहसचिव, रक्षा मन्त्रालय)
रमा भट्टराई (उपसचिव, युवा तथा खेलकुद मन्त्रालय)
रवि शंकर सैँजु (पूर्व सह सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय)
राम गोपाल लागेजु (सीडीई; उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय)
राम बाबु नेपाल (कावा अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद् नेपाल)
शारदा ज्ञवाली (शाखा अधिकृत, राष्ट्रिय योजना आयोग)
सुजना धिताल (ज्ञान व्यवस्थापन विज्ञ)
स्थान किरात राई (अध्ययन उपनिर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान)
हरिहर पौडेल (निर्देशक, भन्सार विभाग)
नीति अनुसन्धान प्रतिष्ठान:
प्रा डा लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा मुक्ति रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा मनिता कुसी (सह-अनुसन्धानकर्ता)
रीजा मानन्धर (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
ज्योति लुइँटेल (इन्टर्न)
डेमिज महर्जन (इन्टर्न)
जेनिस महर्जन (इन्टर्न)
रक्षा अर्याल (परामर्शदाता)
सोनिया बस्याल (इन्टर्न)