
नीति अनुसन्धान प्रतिष्ठान र नेपाली एकेडेमिक्स इन अमेरिकाबिच सहयोग तथा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
२०८१ चैत्र १
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठान र अमेरिकास्थित नेपाली प्राज्ञिक पेशाकर्मीहरूको सङ्गठन नेपाली एकेडेमिक्स इन अमेरिका (NACA) का बिच अनुसन्धान सहकार्य, ज्ञान विनिमय र प्राज्ञिक सहयोगको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ अधिकारी र NACA का सभापति प्रा. डा. ज्ञान न्यौपानेले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो।
नेपाली एकेडेमिक्स इन अमेरिका (NACA) अमेरिकामा कार्यरत प्राज्ञिक पेशाकर्मीहरूबिच विचार, चुनौती, अनुभव र समाधानको विनिमयद्वारा समुदाय विकास र नेपाल तथा अन्य मुलुकमा अनुसन्धान तथा शैक्षिक सहकार्य संवर्द्धन गर्नको लागि स्थापित सङ्गठन हो।
समझदारीपत्रमा दुई संस्थाहरूबिच क्षमता विकास, ज्ञान प्रसार, संगोष्ठी, नीति समीक्षा र पृष्ठपोषण, अनुसन्धान सहजीकरण र दुईतर्फी सह-सिकाइका अवसर लगायतका क्षेत्रमा सहयोग र सहकार्य हुने कुरा उल्लेख छ।
हस्ताक्षरपछि भएको सङ्क्षिप्त छलफलमा प्रा. डा. लेखनाथ शर्माले हालै NACA का सदस्य तथा ओहायो विश्वविद्यालयका सह-प्राध्यापक डा आरती मलेकुले नीति अनुसन्धान प्रतिष्ठानमा सञ्चालन गर्नुभएको मिश्रित अनुसन्धान विधि सम्बन्धी एक कार्यशालाको उल्लेख गर्दै त्यसलाई सहकार्य सुरु भएको दृष्टान्तको रूपमा उल्लेख गर्नुभयो। प्रतिष्ठानमा हालै नियुक्त भएका नयाँ अनुसन्धानकर्ताहरूको लागि सो कार्यशालाको दोस्रो चरण आयोजना गर्ने तथा नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट NACA का सदस्यहरूको लागि प्राज्ञिक अनुसन्धानको नीति-अभिमुखीकरण सम्बन्धी विषयमा एक सेमिनार गर्ने सहमति बनेको छ।
हस्ताक्षर गरिएको समझदारीपत्रको अवधि दुई वर्षको हुनेछ र यस अवधिका उपलब्धिहरू तथा आपसी चाहनाको आधारमा समझदारीपत्रको नवीकरण गरिनेछ।
उपस्थिति
नेपाली एकेडेमिक्स इन अमेरिका (NACA)
प्रा. डा. ज्ञान न्यौपाने (सभापति, नाका)
डा. आरती मलेकु (महासचिव, नाका)
नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक)