
नीति अनुसन्धान प्रतिष्ठानको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश भयो।
२०८१ असोज १८
नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश २०७५ को दफा २४(१) ले प्रतिष्ठानको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था गरे बमोजिम प्रतिष्ठानको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एक समारोहबिच नेपाल सरकारका श्रीमान् मुख्य सचिव श्री एकनारायण अर्याललाई नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो।
प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्दै कार्यकारी अध्यक्ष प्रा.डा. शर्माले प्रतिष्ठानले आ.व. २०८०/८१ मा गरेका गतिविधिहरूबारे सङ्क्षिप्त परिचयात्मक मन्तव्य पनि राख्नुभएको थियो।२ सय १२ पृष्ठको सो प्रतिवेदनमा गतिविधिको सारसङ्क्षेप; प्रतिष्ठानको सङ्गठनात्मक परिचय; जनशक्ति; गुणस्तर संयन्त्र, प्रक्रिया र औजार; सम्पादित कार्य तथा उपलब्धिहरू; आर्थिक प्रतिवेदन; चुनौती र अवसर; तथा ७ वटा अनुसूचीहरू रहेका छन्।
श्रीमान् मुख्य सचिवले प्रतिष्ठानका गतिविधि र प्रगतिको लागि धन्यवाद दिँदै प्रतिष्ठानले नेपाल सरकारको अनुसन्धान अनुरोध र आवश्यकतालाई प्राथमिकतामा राखी काम गर्नुपर्ने सुझाव राख्नुभयो। सो समारोहमा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ताहरू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
उपस्थिति:
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
श्री एकनारायण अर्याल (मुख्य सचिव)
श्री राजकुमार श्रेष्ठ (सचिव)
श्री फणीन्द्र गौतम (सचिव)
डा. किरण रुपाखेती (सहसचिव)
श्री प्रेमप्रसाद आचार्य (सहसचिव)
श्री बिनोदबहादुर कुँवर (सहसचिव)
श्री यमलाल भुसाल (सहसचिव)
श्री शिवादेवी दाहाल (सहसचिव)
नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
श्री लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक)
डा. हरि शर्मा न्यौपाने (प्रमुख, अनुसन्धान विभाग)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्ति रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
श्री बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)