नवनियुक्त कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा समक्ष नीति अनुसन्धान प्रतिष्ठानका विभागीय ब्रिफिङ कार्यक्रमहरू सम्पन्न ।

June 3, 2024

२०८१ जेठ १८ र २१

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानमा नवनियुक्त कार्यकारी अध्यक्ष समक्ष प्रतिष्ठानका तीनवटै विभागहरू – व्यवस्थापन विभाग, अनुसन्धान विभाग र सूचना तथा ज्ञान व्यवस्थापन विभाग – ले विभागको अवस्था, कार्यक्रमहरू र आवश्यकताका बारेमा जानकारी गराउन दुइदिने ब्रिफिङ तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जेठ १८ गते व्यवस्थापन विभागका प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराईले र मिति जेठ २१ गते मा अनुसन्धान विभागका प्रमुख डा. हरि शर्मा न्यौपाने र सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. दीपक कुमार खड्काले विभागका जिम्मेवारीहरू, मानव संसाधन, कार्यक्रमहरूमा भएका प्रगति, चुनौती र आवश्यकताहरूका बारेमा विभागका कर्मचारीहरूको उपस्थितिमा कार्यकारी अध्यक्ष समक्ष प्रस्तुति प्रस्तुत गरेका थिए भने छलफलमा कर्मचारीहरूले थप टिप्पणी गरेका थिए । कार्यक्रममा कार्यकारी अध्यक्षबाट यी ब्रिफिङहरूबाट आफू अब प्रतिष्ठानको बारेमा सुसूचित भएको र प्रतिष्ठानका उत्तम अभ्यासलाई निरन्तर गर्दै, कमी कमजोरीलाई सुधार गर्दै सरकारको अपेक्षा पुरा गर्न सरकारसँगको घनिष्ठ सम्बन्ध र प्रतिष्ठानको स्वायत्तताको पुरा उपयोग गरी सरकार र प्राज्ञिक क्षेत्रसँग सहकार्य गरी प्रतिष्ठानलाई स्रोतसम्पन्न बनाउने र सरकारको आवश्यकता अनुसार समयमै नीति सुझाव पेश गर्न सक्ने क्षमताको अभिवृद्धिमा काम गर्नु पर्ने बताउनु भयो ।

उपस्थिति:

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, अनुसन्धानकर्ता, कर्मचारी र इन्टर्नहरू