गभर्नेन्स ब्लुप्रिन्टको मस्यौदामा पृष्ठपोषणको लागिसार्वजनिक नीति संवाद सम्पन्न

March 17, 2025

२०८१ फागुन २७

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नेपाल सरकारको ई-गभर्नेन्स बोर्डले हालै नेपालको लागि ई-गभर्नेन्स ब्लुप्रिन्ट को मस्यौदा तयार गरेको छ। नेपालको सार्वजनिक सेवालाई डिजिटल रूपान्तरणमार्फत अनुभूतियोग्य, चुस्त, पारदर्शी, जबाफदेही तथा प्रभावकारी बनाउनको लागि डिजिटल पूर्वाधार निर्माण, डिजिटल सेवाका कानूनी र नीतिगत संरचना, शासकीय मामिलालाई डिजिटल माध्यमबाट सम्बोधन र डिजिटल गभर्नेन्ससम्बन्धी नवप्रवर्तन, अनुसन्धान र विकास सञ्चालन र सहजीकरणद्वारा डिजिटल पारिस्थितिक प्रणाली निर्माण एवं प्रवर्द्धन गर्ने दूरदृष्टि सहित यो खाका तयार गरिएको हो। ई-गभर्नेन्स बोर्डले यो खाकामा पृष्ठपोषण गर्ने नीति अनुसन्धान प्रतिष्ठानलाई अनुरोध गरेको छ। नीति अनुसन्धान प्रतिष्ठानले ई-गभर्नेन्स ब्लुप्रिन्टको मस्यौदामा सरोकारवाला र विज्ञहरूको सुझाव सङ्कलन गर्ने एक सार्वजनिक नीति संवादको आयोजना गर्‍यो।

यही फागुन २७ गते आयोजित उक्त संवाद कार्यक्रम प्रतिष्ठानका कार्यकारी अध्यक्ष  प्रा. डा. लेखनाथ शर्माको मन्तव्यबाट सुरुवात भएको थियो र कार्यक्रमलाई प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्ति रिजालले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रमको प्रारम्भमा ई-गभर्नेन्स बोर्डका तर्फबाट इ. केदारमणि भण्डारीले ई-गभर्नेन्स ब्लुप्रिन्टको उद्देश्य र प्रावधानका बारेमा जानकारी दिनुभएको थियो भने विज्ञ ऋतुराज लम्सालले ई-गभर्नेन्स ब्लुप्रिन्टको आवश्यकता र यसको प्रस्तावित मस्यौदा र  डिजिटल नेपाल फ्रेमवर्कसँगको समन्वय, सरकारी सेवा प्रवाहमा ई-गभर्नेन्सको प्रभाव र ब्लुप्रिन्टको कार्यान्वयन चुनौतीहरू बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो। 

तत्पश्चात् भएको छलफलमा सहभागीहरूले ई-गभर्नेन्स ब्लुप्रिन्टलाई स्वागतयोग्य कदम भन्दै यसको प्रभावकारी कार्यान्वयन र सरकारी संस्थाहरूबिच समन्वय बारे विचार व्यक्त गरे। सहभागीहरूले ई-गभर्नेन्सको सफल कार्यान्वयनका लागि संस्थागत संरचना, प्रविधि पूर्वाधार, डेटा सुरक्षा तथा नागरिक सहभागितालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए। 

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले  प्रतिष्ठानले ई-गभर्नेन्स सम्बन्धी नीति संवाद छलफल, विज्ञ समीक्षा र प्रतिष्ठानको आन्तरिक परामर्शबाट ई-गभर्नेन्स बोर्डलाई आवश्यक सुझाव प्रदान गरिने कुरा बताउनुभयो।

उपस्थिति

अतिथिहरू
इ. केदारमणि भण्डारी (कम्प्युटर इन्जिनियर, ई-गभर्नेन्स बोर्ड)
डा. ऋतुराज लम्साल (विषय विज्ञ)
श्री दीपक राज अवस्थी (प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी साइबर ब्युरो)
श्री सुभाष खड्का (प्रमुख कार्यकारी अधिकृत, आइएसप्यान)
श्री चन्द्र साह (सह-सचिव,  आन्तरिक राजस्व विभाग)
डा. प्रकाश पौड्याल (सह-प्राध्यापक, काठमाडौँ विश्वविद्यालय)
इ. रञ्जित लोहिया (उप-प्रमुख, नेपाल टेलिकम)
डा. भोजराज घिमिरे (सह-प्राध्यापक, नेपाल खुला विश्वविद्यालय)
श्री ओम कृष्ण श्रेष्ठ (अधिवक्ता, सर्वोच्च अदालत बार एसोसिएसन)
श्री कृष्ण राज पाण्डे (तथ्याङ्क अधिकृत, स्वास्थ्य सेवा विभाग)
श्री सन्तोष सिग्देल (कार्यकारी निर्देशक, डिजिटल राइटस् नेपाल)

नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)