आर्थिक कूटनीतिको लागि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण सम्बन्धी अध्ययनको लागि अन्तरक्रिया कार्यक्रम

April 16, 2025

२०८२ वैशाख ३
परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौँ

नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूबिच आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो |

नेपालले आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण अत्यावश्यक पूर्वशर्त रहेको सन्दर्भमा नीति अनुसन्धान प्रतिष्ठानले सो सम्बन्धमा एक सङ्क्षिप्त अनुसन्धान प्रतिवेदन तयार गर्न लागेको छ । यसको लागि तथ्याङ्क सङ्कलन गर्ने सिलसिलामा उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो |

उक्त छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले आर्थिक कूटनीति र संस्थागत सुदृढीकरणका विविध आयाम र उपायहरू विषयमा प्रस्तुति दिनुभएको थियो | त्यसपछि परराष्ट्र मन्त्रालयको तर्फबाट सम्पूर्ण सहभागीहरूले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन तथा परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरणका उपायहरू सम्बन्धमा महत्त्वपूर्ण विचार तथा धारणाहरू प्रस्तुत गर्नुभएको थियो |

परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको सो छलफल कार्यक्रममा मन्त्रालयका तर्फबाट सह-सचिव, उप-सचिवहरू र शाखा अधिकृतहरूको उपस्थिति रहेको थियो भने नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो | उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको तर्फबाट सहसचिव श्री लक्ष्मण खनालले संयोजन गर्नुभएको थियो ।

सहभागिता

परराष्ट्र मन्त्रालय

  • लक्ष्मण खनाल, सहसचिव
  • गणेश ढकाल, सहसचिव
  • भृगु ढुङ्गाना, सहसचिव
  • गेहेन्द्र राजभण्डारी, सहसचिव
  • किरण शाक्य, सहसचिव
  • प्रकाश अधिकारी, सहसचिव
  • रामकाजी खड्का, सहसचिव
  • कुमार राज खरेल, सहसचिव
  • तीर्थराज अर्याल, सहसचिव
  • पारस पण्डित, सहसचिव
  • ईला मैनाली, सहसचिव
  • पुष्पराज भट्टराई, सहसचिव
  • दीपक बिक, सहसचिव
  • धना कुमारी जोशी, उपसचिव
  • अम्बिका जोशी, उपसचिव
  • अरूणा घिसिङ, उपसचिव
  • जीत बहादुर कार्की, शाखा अधिकृत
  • चण्डिका पोखरेल, शाखा अधिकृत
  • शोभा डुम्रे, नायव सुब्बा
  • सहारा चौलागाई, नायव सुब्बा

नीति अनुसन्धान प्रतिष्ठान

  • डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
  • डा. हरि प्रकाश चन्द, अनुसन्धानकर्ता
  • डा. झम कुमार विश्वकर्मा, सह-अनुसन्धानकर्ता
  • श्री बिमल चन्द्र शर्मा, पुस्तकालय व्यवस्थापन संयोजक
  • श्री जुना श्रेष्ठ, प्रशिक्षार्थी