कार्यकारी अध्यक्षको सन्देश

प्रा. डा. लेखनाथ शर्मा
कार्यकारी अध्यक्ष

कार्यकारी अध्यक्षको सन्देश

नेपाल सरकारको वैधानिक निकाय, नीति अनुसन्धान प्रतिष्ठान, देशमा सुशासन, विकास र न्यायलाई बढावा दिने नीति निर्माणका लागि अनुसन्धानमा आधारित प्रमाणहरू उत्पादन गरेर नीति निर्माताहरूलाई सहयोग गर्न समर्पित छ। प्रतिष्ठानले राष्ट्रिय नीति सम्बन्धी मुद्दाहरूमा अध्ययन र अनुसन्धानको माध्यमबाट निष्पक्ष परिणामहरू उत्पादन गर्न प्राज्ञ, सरकारी विशेषज्ञहरू र जनतालाई एकसाथ ल्याउँछ।

नयाँ कार्यकारी अध्यक्षको भूमिकामा प्रवेश गर्दा म नीति अनुसन्धान प्रतिष्ठानको लक्ष्यप्रति पूर्ण प्रतिबद्ध छु । प्रतिष्ठानको निर्दिष्ट लक्ष्यमा योगदान गर्न र राष्ट्रको नीति निर्माण प्रक्रियामा सहयोगी अग्रपङ्क्तिमा रहेको संस्थाको नेतृत्व गर्न पाउँदा मैले सम्मानित अनुभव गरेको छु।

नीति अनुसन्धान प्रतिष्ठानका मेरा पूर्ववर्तीहरू र मेहनती एवं सक्षम अनुसन्धान टोली र सबैका प्रयासहरूको परिणामस्वरूप एक उत्पादनशील र भरपर्दो अनुसन्धान संस्थाको रूपमा हुर्कँदै गएको छ। यहाँहरू सबैलाई सत्प्रयासका लागि विशेष धन्यवाद दिन चाहन्छु।

मेरो अपेक्षा नीति अनुसन्धान प्रतिष्ठान भविष्यमा एक उच्चस्तरीय नीति पारिस्थिकीय प्रणाली भएको संस्था बनोस् भन्ने नै हो। यस पारिस्थिकीय प्रणालीमा प्राज्ञ, कर्मचारीहरू, नीति पेसाकर्मीहरू, निर्वाचित प्रतिनिधिहरू, नेपाल र विदेशका सरकारी र गैरसरकारी थिङ्क ट्याङ्कहरू समावेश हुनेछन्। यो प्रतिष्ठान नीति अनुसन्धान र नीति स्रोतहरूको उत्कृष्टताको केन्द्र हुनको साथै उदीयमान युवा विद्वानहरूको निम्ति सार्वजनिक नीतिको क्षेत्रमा सिक्न र योगदान गर्ने थलो होस् भन्ने अपेक्षा गर्दछु।

म सबै नीति पेसाकर्मीहरू, विद्वानहरू, र सार्वजनिक नीति अनुसन्धानका सरोकारवालाहरूलाई हामीसँग संलग्न हुन र हामीलाई अघि बढ्न मद्दत गर्नको लागि हाम्रा कार्यक्रम र गतिविधिहरूमा पृष्ठपोषण प्रदान गर्न आग्रह गर्दछु ।

म प्रतिष्ठानमा मेरा सहकर्मीहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू, सांसदहरू, देशको सार्वजनिक नीति अनुसन्धान समुदायहरूसँग सहकार्यमा काम गर्न र नेपाली डायस्पोरा, साझा लक्ष्य भएका स्थानीय तथा विश्वव्यापी नीति मुद्दाहरूमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति अनुसन्धान समुदायसँग पनि सहकार्य गर्न उत्सुक छु ।

धन्यवाद!

प्रा. डा. लेखनाथ शर्मा
कार्यकारी अध्यक्ष
२०८१ जेठ १६