NOTICE | INFORMATION

इन्टर्नसिप करार (आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्र) का लागि आवेदनको आह्वान

नीति अनुसन्धान प्रतिष्ठान

नारायणहिटी काठमाण्डौ

इन्टर्नसिप करार (आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्र) का लागि आवेदनको आह्वान

२०७८ फाल्गुन १०

नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारद्वारा विशेषज्ञ समूह (थिङ्क-ट्याङ्क) को रूपमा स्थापित अनुसन्धान संस्था हो । कुनै खास विषयमा राष्ट्रले अख्तियार गर्नु पर्ने दीर्घकालीन, अल्पकालीन या तत्कालीन नीति सम्बन्धी अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई सुझाव दिनु र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी सम्बन्धित मन्त्रालयमा पठाउने तथा सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि या नयाँ नीति निर्माणका लागि तथ्य-प्रमाणमा आधारित सिफारिस गर्नु प्रतिष्ठानको काम हो ।

सार्वजनिक नीतिका सबै विषयगत क्षेत्रमा अध्ययन गर्नको लागि प्रतिष्ठानमा ५ क्षेत्रगत अध्ययन केन्द्रहरू रहेका छन्। यी केन्द्रहरूमध्ये ‘आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्र’ ले नेपालको आर्थिक, वित्तीय र पूर्वाधारक्षेत्रका सार्वजनिक नीतिहरूलाई अध्ययन, अनुसन्धान, संवाद र प्रसारद्वारा सबलीकरण गर्ने उद्देश्य राखेको छ। यस केन्द्र अन्तर्गत  एकाइहरू रहेका छन् – १) आर्थिक विकास एकाइ, २) वाणिज्य, वित्तीय तथा मौद्रिक नीति एकाइ, ३) पूर्वाधार विकास एकाइ ।

नीति अध्ययन केन्द्रले सञ्चालन गरिरहेका विभिन्न अनुसन्धान परियोजनाहरूमध्ये हाललाई : १) पूर्वाधार क्षेत्रमा सार्वजनिक खर्चको प्रभाव : आर्थिक सामाजिक असर, खरिद तथा वित्तीय व्यवस्था प्रक्रियाको तुलनात्मक अध्ययन २) स्थानीय तहमा शुरुवाती उद्यम सञ्चालनको सम्भाव्यता तथा अवसर सम्बन्धी अध्ययन ३) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धानको व्यवसायिकरण गर्न गरेका प्रयासहरूको प्रभावकारिता तथा समस्याहरू सम्बन्धी अध्ययन परियोजनाहरूमा शोधकृति समीक्षा, तथ्याङ्क सङ्कलन, प्रतिवेदन लेखन लगायतका कार्यहरूमा सहयोग गर्नको लागि एक इन्टर्नको आवश्यकता भएकोले योग्य र इच्छुक व्यक्तिबाट प्रतिष्ठानमा इन्टर्नको रूपमा काम गर्न इच्छा गर्नुको कारण सहितको निवेदन र वैयक्तिक विवरण (CV) समेत संलग्न गरी दरखास्तको लागि आह्वान गरिएको छ।

  • अवधि: ६ महिना (१ महिनाको परीक्षणकाल)।
  • कार्य समय: पूर्णकालीन
  • पारिश्रमिक: रू. ३०,०००।– (तीस हजार) प्रति महिना।
  • उम्मेदवारको योग्यता र सीप:
  • न्यूनतम – अर्थसास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत वा थेसिस सहित स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ।
  • वाञ्छनीय – शोधप्रबन्ध, अनुसन्धान सहयोग अनुभव, शोधप्रकाशन, नेपाली र अङ्ग्रेजी भाषामा प्रवीण, Word, PowerPoint, Excel को प्रयोगमा दक्षता। नेपालको सार्वजनिक वित्त, लघु उद्धम क्षेत्र र नेपालको अन्तरास्ट्रिय व्यापार क्षेत्र सम्बन्धि  ज्ञान र अनुभव  भएको ।
  • छनोट विधि: व्यक्तिगत निबन्ध, शैक्षिक उपलब्धि र अनुसन्धान अनुभवको आधारमा प्रारम्भिक छनोट (shortlist) गरिने र त्यसपछि नेपाली र अङ्ग्रेजी भाषा तथा अफिस एप्लिकेशन्सका प्रयोग दक्षताको प्रयोगात्मक परीक्षण र अन्तर्वार्ताद्वारा अन्तिम छनोट गरिने।
  • दरखास्त बुझाउने तरीका: इमेल (applications@pri.gov.np) मार्फत् वा प्रतिष्ठानको कार्यालयमा ।
  • दरखास्त बुझाइसक्नुपर्ने: २०७८ फाल्गुन २० गते शुक्रबार ।
  • थप जानकारीको लागी: प्रतिष्ठानको वेबसाइट (www.pri.gov.np) वा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ l

द्रष्टव्य:

छनोट प्रक्रियालाई अवाञ्छित प्रभाव पार्ने कुनै पनि कार्य गर्ने दरखास्तवालाको दरखास्त रद्द गरिनेछ ।