विज्ञहरू | प्रोफाइल

डा. लीला न्याइच्याई
Biography

लीला न्याइच्याईले चीनको युनान विश्वविद्यालयबाट नेपालमा चीनको सार्वजनिक कूटनीति विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । हाल उहाँ पुस्तकालय तथा सूचना विज्ञान विषयको सहप्राध्यापकको रूपमा  त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने चीन मामिला हेर्ने गरी नेपाल तथा एसियाली अध्ययन केन्द्रसँग पनि आबद्ध रहनु भएको छ । उहाँले नेपाल खुला विश्वविद्यालयमा समाजशास्त्र तथा राजनीतिशास्त्र विभागमा एमफिल तहका विद्यार्थीहरूको सोधप्रबन्धको सुपरिवेक्षण पनि गर्दै आउनुभएको छ ।

डा. न्याइच्याईले युनान विश्वविद्यालयले सन् २०१९ को अप्रिल महिनामा गरेको चीनका कम्पनीहरूमा कार्यरत कामदारहरूको सन्तुष्टी सम्बन्धी अध्ययन टोलीको र नेपाल तथा एसियाली अध्ययन केन्द्रले गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको  अध्ययन टोलीको सदस्य भई काम गर्नुभएको छ ।